कतिमा भयो सिटिजन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार ?

<p>काठमाडौं । आइतबारदेखि दोश्रो बजारमा सिटिजन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५०८ रुपैयाँमा भएको छ । जुन नेप्सेले तोकेको मूल्यको तुलनामा करिब अधिकतम मूल्य हो । नेप्सेले सिटिजन लाइफलाई प्रतिकित्ता न्यूनतम १७२.४३ रुपैयाँ र अधिकतममा ५१७.२९ रुपैयाँ ओपनिङ रेन्ज दिएको थियो । कम्पनीको सेयर &#8216;सीएलआई’ [&hellip;]</p>

काठमाडौं । आइतबारदेखि दोश्रो बजारमा सिटिजन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५०८ रुपैयाँमा भएको छ ।

जुन नेप्सेले तोकेको मूल्यको तुलनामा करिब अधिकतम मूल्य हो । नेप्सेले सिटिजन लाइफलाई प्रतिकित्ता न्यूनतम १७२.४३ रुपैयाँ र अधिकतममा ५१७.२९ रुपैयाँ ओपनिङ रेन्ज दिएको थियो । कम्पनीको सेयर ‘सीएलआई’ सिम्बोलबाट किनबेच भइरहेको छ ।

कारोबार शुरुवातसँगै सेयर मूल्य पनि घट्दो छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४३.५० रुपैयाँले घटेर प्रतिकित्ता ४६४.५० रुपैयाँमा झरेको छ । जुन नेप्सेले तोकिदिएको मूल्यको तुलनामा ८.५६ प्रतिशतले घटी हो ।

Share News