एनएमबि बैंकले १ अर्ब २१ करोडमा किन्यो काठमाडौंमा जग्गा

  २०८० असोज १४ गते १०:३८     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले आफ्नै स्वामित्वमा केन्द्रिय कार्यालय निर्माण गर्ने भएको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर १ मा कर्पाेरेट कार्यालय भवन निर्माण गर्ने भएको जनाएको छ ।

बैंकका अनुसार १०५.५६२६ आना क्षेत्रफल जग्गामा आफ्नो कर्पाेरेट कार्यालय निर्माण गर्ने भएको हो । भवन निर्माण गर्ने उद्देश्यले बैंकले उक्त जग्गा र सो जग्गामा रहेका संरचना खरिद गरेको बैंकका कम्पनी सचिव प्रमोद कुमार दाहालले जानकारी दिए ।

उनका अनुसार उक्त जग्गा १ अर्ब २१ करोड ३९ लाख ६८ हजार ७५० रुपैयाँमा खरिद गरेको हो । उक्त जग्गा बैंकको नाममा नामसारी तथा दाखिला खारेज भई आएपश्चात् उक्त रकम भुक्तान गर्ने निर्णय भएको कम्पनी सचिव दाहालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.