केवाईसी अद्यावधिक गराउन एसबिआई बैंकको आग्रह, ३० दिनभित्र नगरे खाता निष्कृय हुने

  २०८० असोज १४ गते ८:३४     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले ग्राहक तथा वास्तविक धनी÷हिताधिकारीका ग्राहक पहिचान (केवाईसी) विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले आइतबार एक सूचना प्रकाशन गरी ३० दिन भित्र अनिवार्य रुपमा केवाईसी अद्यावधिक गराउन आग्रह गरेको हो ।

केवाईसी अद्यवधिक नगराएका खाता स्वतः निष्कृय हुने भएकाले समयमै खाता अद्यावधिक गर्न बैंकले आग्रह गरेको हो । सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग)निवारण ऐन, २०६४ र नियमावली, २०७३ तथा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागबाट जारी गरिएको निर्देशन बमोजिम ग्राहकहरुलाई केवाईसी अद्यावधिक गराउन आग्रह गरेको हो ।

ग्राहकहरुलाई एसएमएस एवं सार्वजनिक सूचना मार्फत पटक–पटक अनुरोध गर्दा समेत खाता अद्यावधिक नगराएका ग्राहकहरुको खाताहरु स्वतः निष्कृय भएको बैंकले जनाएको छ । त्यसैले सो खाताहरुको कारोबार सुचारु गर्न आफुलाई पायक पर्ने शाखामा सम्पर्क गरी अद्यावधिक विवरण एवं कागजात बैंकमा पेश गरी कारोबार सुचारु गराउन बैंकले अनुरोध गरेको हो ।

साथै, यसअघि अद्यावधिक गरेको विवरणहरु (जस्तै घर, कार्यालय, सम्पर्क ठेगाना, टेलिफोन, मोबाइल, कारोबार, पेशाव्यवसाय, स्वामित्व संरचना र व्यवस्थापन लगायत अन्य) मा परिवर्तन भएका खातावाला ग्राहकले पनि अद्यावधिक विवरण एवं कागजात बैंकमा पेश गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.