खाना पकाउने ग्यासको मूल्य २१ सय १० पुग्यो, पेट्रोल/डिजेलको मूल्य पनि बढ्यो

<p>काठमाडौं । नेपाल आयल निगमले डिजेल पेट्रोल र ग्यासको मूल्य बढाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । अब खाना पकाउने [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगमले डिजेल पेट्रोल र ग्यासको मूल्य बढाएको छ ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

अब खाना पकाउने ग्यासको मूल्य २१ सय १० रुपैयाँ पुगेको छ भने प्रतिलिटर पेट्रोलको १८५ र डिजलेको मूल्य १७९ रुपैयाँ कायम गरिएको छ ।

Share News