काठमाडौंमा मुख तथा अनुहारसम्बन्धि चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन शुरु

  २०८० असोज १३ गते १६:५८     विकासन्युज

काठमाडौं । मुख तथा अनुहारसम्बन्धि शल्य चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ ।

मुख तथा अनुहारको शल्य चिकित्सा क्षेत्रको नयाँ–नयाँ ज्ञान, सीप र प्रविधि भित्र्याउने उद्देश्यकासाथ शनिबारबाट सो अन्तराष्ट्रिय सम्मेलन शुरु भएको हो ।

दुई दिनसम्म चल्ने सो सम्मेलनमा विभिन्न ६ वटा मुलुकका मुख तथा अनुहारसम्बन्धि विशेषज्ञहरुले नौ वटा कार्यपत्र प्रश्तुत गर्नेछन । मुख तथा अनुहारको शल्य चिकित्साका लागि विश्वका नयाँनयाँ ज्ञान र सीप भित्र्याउने उद्देश्यका साथ सो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालमा आयोजना गरिएको नेप्लिज एशोसिएशन अफ ओरल एण्ड म्याक्सिल्लोफेसियल सर्जन (एनएओएमएस) का महासचिव डा. किशोर भण्डारीले बताए ।

अन्तर्राष्ट्रिय सम्मेलनमा भारत, पाकिस्तान, श्रीलंका, इटाली, बेल्जियम लगायतका मुलुकहरुका ख्यातीप्राप्त शल्य चिकित्सकहरु सहभागी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.