विद्यार्थीले गरे नेपाल इको प्यानलको अध्ययन अवलोकन भ्रमण

<p>भक्तपुर । भक्तपुरको बागीश्वरी कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले शुक्रबार जिल्लाकै एउटा निर्माण कम्पनीको अवलोकन भ्रमण गरेका छन् । कलेजका वीवीए दोश्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीले नेपाल इको प्यानलको अध्ययन अवलोकन भ्रमण गरेका हुन् । भ्रमणमा २२ जना विद्यार्थी सहभागी थिए । विद्यार्थीलाई व्यवसायिक अवसर तथा चुनौतीको विषयमा जानकारी दिने उद्देश्यले शैक्षिक अध्ययन अवलोकन भ्रमण गराएको कलेजले [&hellip;]</p>

भक्तपुर । भक्तपुरको बागीश्वरी कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले शुक्रबार जिल्लाकै एउटा निर्माण कम्पनीको अवलोकन भ्रमण गरेका छन् ।

कलेजका वीवीए दोश्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीले नेपाल इको प्यानलको अध्ययन अवलोकन भ्रमण गरेका हुन् । भ्रमणमा २२ जना विद्यार्थी सहभागी थिए ।

विद्यार्थीलाई व्यवसायिक अवसर तथा चुनौतीको विषयमा जानकारी दिने उद्देश्यले शैक्षिक अध्ययन अवलोकन भ्रमण गराएको कलेजले जनाएको छ । विद्यार्थीलाई इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० इन्जिनियर कृष्णभक्त दुवालले स्लाइट प्रिजेन्टेशन गरी इको प्यानलका विविध पक्षकाबारेमा जानकारी गराएका थिए । साथै इको प्यानलका व्यवस्थापक विक्रम गोसाईले पनि इको प्यानलका अनेक विषेशताहरुबार चर्चा गरे ।

नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । हलुका, भूकम्पप्रतिरोधी, अग्निप्रतिरोधी, तीव्र निर्माण सम्भब हुनुलगायतका कारण पछिल्ला वर्षहरुमा यसको माग वढ्दो छ ।

Share News