रिपब्लिक मिडियाले लाभांश नदिने, डाक्यो वार्षिक साधारण सभा

<p>काठमाडौं । नेपाल रिपब्लिक मिडियाले सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । असोज ११ गते बसेको मिडियाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीको उक्त बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई नगद, बोनस र हकप्रद केही पनि वितरण नगर्ने प्रस्ताव गरेको हो । कम्पनीले आगामी कार्त्तिक ३ गते शुक्रबार तेश्रो वार्षिक साधारण सभा [&hellip;]</p>

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । असोज ११ गते बसेको मिडियाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीको उक्त बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई नगद, बोनस र हकप्रद केही पनि वितरण नगर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले आगामी कार्त्तिक ३ गते शुक्रबार तेश्रो वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा सो दिन बिहान साढे १० बजे जडिबुटीस्थित रहेको जडिबुटी इन्द्रेणी ब्याङ्क्वेटमा हुँदै छ ।

त्यस्तै, उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी असोज २१ गते बुक क्लोज गर्दै छ ।
हाल कम्पनीको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ छ ।

Share News