विदेशी लगानीका कम्पनीहरुको आरओई साढे १४ प्रतिशत, कति छ नेपालमा सम्पत्ति ?

  २०८० असोज ११ गते १९:११     विकासन्युज

काठमाडौं । विदेशी लगानी रहेका कम्पनीहरुको औसत रिटर्न अन इक्विटी (आरओई) साढे १४ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकले विदेशी लगानी सम्बन्धि सार्वजनिक गरेको तथ्यांकले विदेशी लगानी रहेका कम्पनीहरुको औसत आरओई १४.३ प्रतिशत देखिएको हो ।

राष्ट्र बैंकका अनुसार यसअघि १४.७ प्रतिशत रहेको आरओई अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १४.३ प्रतिशत देखिएको हो । सर्वेक्षणमा आएका विदेशी लगानीका कम्पनीहरुको कारोबार साढे ४ खर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, ती कम्पनीहरुको नेपालमा कुल १३ खर्ब ३० अर्ब ६५ करोड रुपैयाँ सम्पत्ति र कुल १६ खर्ब १ अर्ब ९९ करोड रुपैयाँ दायित्व रहेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा भने विदेशी कम्पनीमा नेपालमा कुल सम्पत्ति १४ खर्ब ८१ ऋर्ब १२ करोड र दायित्व १४ खर्ब १ अर्ब रुपैयाँ रहेको तथ्यांकले देखाउँछ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा विदेशी कम्पनीहरुले नेपालबाट लग्ने लाभांश पनि घटेको देखिन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा १५ अर्ब ६७ करोड ५० लाख रुपैयाँ लाभांश लिएका छन् ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा २६ अर्ब ७ करोड ६० लाख रुपैयाँ लाभांश लिएको देखिएको हो । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा विदेशी लगानीका कम्पनीले लिने लाभांश ३९.८८ प्रतिशतले घटेको हो । यस्तै, आथिृक वर्ष २०७६/७७ मा १२ अर्ब ९० करोड ३० लाख रुपैयाँ लाभांश फिर्ता लिएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.