डेरी प्रडक्ट बंगलादेश निर्यातका लागि तात्यो निजी क्षेत्र

<p>काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित डेरी उद्योगीहरुले नेपाली उत्पादन बंगलादेश निर्यातको तयारी थालेका छन् । नेपाली ध्यू, बटर, धुलो दुध, खुवा र पनीर बंगलादेश निर्यातको सम्भावना अध्ययनका लाािग नेपाल डेरी एसोसिएनसनको समूहले बंगलादेश भ्रमण सम्पन्न गरेको छ । नेपाली डेरी उत्पादनलाई निर्यात गर्ने मुख्य एजेण्डा राखेर बंगलादेशका पुगेको डेरी उद्योगीहरुले बंगलादेशका डेरी व्यवसायी छलफल [&hellip;]</p>

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित डेरी उद्योगीहरुले नेपाली उत्पादन बंगलादेश निर्यातको तयारी थालेका छन् ।
नेपाली ध्यू, बटर, धुलो दुध, खुवा र पनीर बंगलादेश निर्यातको सम्भावना अध्ययनका लाािग नेपाल डेरी एसोसिएनसनको समूहले बंगलादेश भ्रमण सम्पन्न गरेको छ ।

नेपाली डेरी उत्पादनलाई निर्यात गर्ने मुख्य एजेण्डा राखेर बंगलादेशका पुगेको डेरी उद्योगीहरुले बंगलादेशका डेरी व्यवसायी छलफल गरेको थियो ।

छलफलका क्रममा नेपाली डेरी प्रडक्ट बंगलादेश ल्याउन आफूहरु तयार रहेको जानकारी पाइएको डेरी एसोसिएसनका सदस्य एवंम लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानेले जानकारी दिए ।

उनका अनुसार उक्त छलफलमा नेपाली ५ उत्पादनमा बंगलादेशी उद्योगीहरुले विशेष चासो राखेका थिए । उनीहरुले थप अध्ययन गरेर आयातका लागि पुनः नेपाली उद्योगीसँग छलफल गर्ने आश्वासन पाइएको जानकारी दिए ।

७ समूहका बंगलादेश गएका नेपाली डेरी उद्योगीहरु ६ दिन बंगलादेश बसेर नेपाल फर्किएका हुन् ।

नेपाल डेरी एशोसिएसनका महासचिव हेमचन्द्र खनाल पछिल्लो समय मागभन्दा धेरै दूध आपूर्ति भएपछि यसको समाधानका लागि व्यवसायीहरू नयाँ बजारको खोजीमा लागेको जानकारी दिए ।

Share News