बेलायतका विश्वविद्यालय तहमा पढ्ने विद्यार्थीलाई घरभाडा भारी पर्दै

  २०८० असोज ११ गते १५:५६     विकासन्युज

काठमाडौं । पछिल्लो समयमा बेलायतका विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले महंगो घरभाडाको सामना गरिरहेका छन् । जसकारणले अनुमान गरिएको भन्दा बढी खर्च गर्नुपर्ने अवस्था आइपरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

रियल स्टेट फर्म कुशम्यान एन्ड वेकफिल्डको सर्वेक्षण अनुसार सन् २०२२/२३ को तुलनामा घरभाडामा ८ प्रतिशतले वृद्धि भएको छ । धेरै विद्यार्थीहरुले सुहाउँदो मूल्यको कोठा पाउन निकै संघर्ष गरिरहेका छन् । कतिपय स्थानहरुमा घरभाडामा २७ प्रतिशत सम्म वृद्धि भएको जनाइएको छ ।

बेलायतमा पछिल्लो दशकमा आवास व्यवस्था गरेर अध्ययन गर्ने विद्यार्थीहरुको संख्या ३ लाख ९० हजारले वृद्धि भएको छ । आवासहरुको विकास तथा संचालन खर्चमा भएको वृद्धिको कारण र उच्च मुद्रस्फितिको कारणले भाडामा वृद्धि भइरहेको जनाइएको छ ।

राजधानी लन्डन भन्दा बाहिर एक वर्षको घरभाढा ७६०० पाउन्डस्टर्लिङ सम्म पुगेको छ । जुन विद्यार्थीले प्राप्त गर्ने ऋणको ७७ प्रतिशत हो । कुशम्यान एन्ड वेकफिल्डका अनुसार विश्वविद्यालय भएका प्रमुख शहरहरुमा प्रत्येक १० मा एकवटा बेड मात्रै विद्यार्थीहरुले मर्मत ऋण तथा अनुदानका आधारमा प्राप्त गर्ने सम्भावना छ ।

नेशनल युनियन अफ स्टुडेन्टले गरेको सर्वेक्षण अनुसार पछिल्लो समयमा बेलायतमा अध्ययन गर्ने ६९ प्रतिशत विद्यार्थीहरुले पार्ट टाइम काम गर्ने गर्छन्, जसले उनीहरुको खर्चलाई न्यूनिकरण गर्न सहयोग पुर्याएको छ । तर, अधिकांश विद्यार्थीहरुले कामको कारणले आफ्नो अध्ययनमा बाधा पुगेको प्रतिक्रिया दिएका छन् ।

नेशनल युनियन अफ स्टुडेन्टका उपाध्यक्ष क्लो फिल्डले मुद्रास्फितिको आधारमा मर्मत ऋणको व्यवस्था हुनुपर्ने र घरभाडालाई नियन्त्रण गर्न आवश्यक भएको प्रतिक्रिया दिएका छन् । एजेन्सीको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.