३ ब्रोकर कम्पनीको लाभांश घोषणा, कुनको कति ?

<p>काठमाडौं । विभिन्न कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । धमाधम लाभांश घोषणा गरिरहेका कम्पनीहरुमध्ये धितोपत्र दलाल व्यवसायी (ब्रोकर)कम्पनीले पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । सेयर सम्बन्धि कार्य गर्दै आएका विभिन्न कम्पनीले पनि गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । हालसम्म आकाशभैरव सेक्युरिटिज, सानिमा सेक्युरिटिज [&hellip;]</p>

काठमाडौं । विभिन्न कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । धमाधम लाभांश घोषणा गरिरहेका कम्पनीहरुमध्ये धितोपत्र दलाल व्यवसायी (ब्रोकर)कम्पनीले पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

सेयर सम्बन्धि कार्य गर्दै आएका विभिन्न कम्पनीले पनि गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । हालसम्म आकाशभैरव सेक्युरिटिज, सानिमा सेक्युरिटिज र नासा सेक्युरिटिजले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

नासा सेक्युरिटिको सञ्चालक समितिको असोज ५ गते बसेको बैठकले २५६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ११ लाख ५० हजार रुपैयाँको २४३.२० प्रतिशत बोनस सेयर र १२।८० प्रतिशत नगद गरी कूल २५६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीको १६ औं वार्षिक साधारण सभा असोज ३० गते कम्पनीको रजिष्टर्ड कार्यालय लालदरबार मार्ग काठमाडमौंमा बिहान ९ बजे सुरु हुनेछ ।

त्यसैगरी आकाशभैरव सेक्युरिटिजको सञ्चालक समितिको असोज १ गते बसेको बैठकले ३.६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३.५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.१८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असोज २४ गते जावलाखेल ललितपुरमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ ।

सानिमा सेक्युरिटिजको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले २.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको कर सहित २.५ प्रतिशतले हुन आउने ५० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असोज २६ गते रजिष्टर्ड कार्यालय पुतलिसडक काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ ।

Share News