एक दर्जन बैंक वित्तीय संस्था राष्ट्र बैंकको कारवाहीमा, २ करोड बढी जरिवाना

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८०मा ११ वटा विकास बैंक तथा फाइनान्स कम्पनीलाई कारवाही गरेको छ । गत वर्ष बैंक तथा फाइनान्स कम्पनीहरुले राष्ट्र बैंकका विभिन्न ऐन तथा निर्देशन पालना नगरेपछि करोडौं रुपैयाँ कारवाही तथा जरिवाना गरेको हो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत वर्ष ६ वटा विकास बैंक र ५ वटा [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८०मा ११ वटा विकास बैंक तथा फाइनान्स कम्पनीलाई कारवाही गरेको छ । गत वर्ष बैंक तथा फाइनान्स कम्पनीहरुले राष्ट्र बैंकका विभिन्न ऐन तथा निर्देशन पालना नगरेपछि करोडौं रुपैयाँ कारवाही तथा जरिवाना गरेको हो ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत वर्ष ६ वटा विकास बैंक र ५ वटा फाइनान्स कम्पनीबाट साढे २ करोड रुपैयाँ जरिवाना तिराएको हो । राष्ट्र बैंकका ऐन तथा निर्देशन विपरित गतिविधि गरेका कारण राष्ट्र बैंकले ११ बैंक तथा वित्तबाट २ करोड ५७ लाख ३४ हजार रुपैयाँ जरिवाना तिराएको तथ्याङ्कले देखाएको छ ।

गैर-स्थलगत सुपरिवेक्षणको आधारमा कैफियत देखिएपछि कारवाही गरेको राष्ट्र बैंकले जनाएको छ । गत वर्ष कर्णाली डेभलपमेन्ट बैंक, कर्पाेरेट डेभलपमेकन्ट बैंक, सिन्धु विकास बैंक, नारायाणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सालपा विकास बैंकलाई २ करोड ३९ लाख १९ हजार रुपैयाँ जरिवाना तिराएको राष्ट्र बैंकले जनाएको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक 

राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत वर्ष सबैभन्दा धेरै जरिवाना सप्तकोशी डेभलपमेन्ट बैंकलाई गरेको छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै सप्तकोशी डेभलपमेन्ट बैंकलाई ५ पटकसम्म कारवाही गरेर १ करोड २३ लाख ५१ ह्जार रुपैयाँ जरिवाना तिराएको छ ।

राष्ट्र बैंकका अनुसार २०७९ साउनमा प्रथम पटक २१ लाख ८० हजार ६६३ रुपैयाँ, भदौमा दोस्रो पटक २८ लाख ९७ हजार ३५४ रुपैयाँ, असोजमा तेस्रो पटक ६ लाख ८२ हजार १२१ रुपैयाँ र मंसिरमा पाँचौ पटक १९ लाख ३६ हजार ६३५ रुपैयाँ जरिवाना तिराएको हो ।

कर्पाेरेट डेभलपमेन्ट बैंक

राष्ट्र बैंकले गत वर्ष कर्पाेरेट डेभलपमेन्ट बैंकलाई ३ पटक कारवाही गरेर ६६ लाख ५२ हजार रुपैयाँ जरिवाना तिराएको छ । कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै २०७९ साउनमा प्रथम पटक २० लाख १३ हजार रुपैयाँ, भदौमा दोस्रो पटक २३ लाख १४ हजार ४९३ रुपैयाँ, असोजमा तेस्रो पटक १७ लाख ९३ हजार ६४७ रुपैयाँ र कात्तिकमा चौंथो पटक ३ लाख ३५ हजार ४७४ रुपैयाँ र मंसिरमा पाँचौ पटक १ लाख ९६ हजार २६५ रुपैयाँ जरिवाना तिराएको हो ।

सिन्धु विकास बैंक

गत वर्ष सिन्धु विकास बैंकलाई राष्ट्र बैंकले तीन पटक कारवाही गरेर २५ लाख ७ हजार रुपैयाँ जरिवाना तिराएको छ । राष्ट्र बैंकका २०७९ साउनमा प्रथम पटक १ लाख २६ हजार ३८४ रुपैयाँ, भदौम दोस्रो पटक १६ लाख ९९ हजार १५१ रुपैयाँ र असोजमा तेस्रो पटक ६ लाख ८२ हजार १२१ रुपैयाँ जरिवाना तिराएको हो ।

नारायणी डेभलपमेन्ट बैंक

गत वर्ष राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंक ८ पटक कारवाहीमा परेको छ । अनिवार्य नगद मौज्दात अनुपात र सीडी रेसियो कायम नगरेपछि बैंकबाट २२ लाख २० हजार रुपैयाँ जरिवाना तिराएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार सीडी रेसियो कायम नगर्दा २०७९ साउनमा प्रथम पटक ४ लाख ६३ हजार ७९४ रुपैयाँ, भदौमा दोस्रो पटक ५ लाख १६ हजार ३०७ रुपैयाँ, असोजमा तेस्रो पटक ५ लाख ८ हजार २ सय रुपैयाँ, कात्तिकमा चौंथो पटक ३ लाख ४ हजार २२९ रुपैयाँ र मंसिरमा पाँचौ पटक २ लाख ५१ हजार ३२४ रुपैयाँ जरिवाना तिराएको थियो ।

त्यस्तै, अनिवार्य नगद मौज्दात अनुपात कायम नगरेको भन्दै प्रथम पटक ३ हजार ९४८ रुपैयाँ, दोस्रो पटक ६३ हजार ७८२ रुपैयाँ र तेस्रो पटक १ लाख ८ हजार ७७० रुपैयाँ जरिवाना तिराएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

कर्णाली डेभलपमेन्ट बैंक

गत वर्ष राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई विभिन्न शिर्षकमा तीन पटक कारवाही गरेको छ । राष्ट्र बैंकका अनुसार अनिवार्य मौज्दात र विपन्न वर्ग कर्जा शिर्षकमा १ लाख ८६ हजार रुपैयाँ जरिवाना तिराएको हो । जसमध्ये अनिवार्य मौज्दात कायम नगरेको भन्दै प्रथम पटक ७०६ रुपैयाँ र दोस्रो पटक ३२ हजार ९६९ रुपैयाँ र विपन्न वर्ग कर्जामा १ लाख ५२ हजार रुपैयाँ जरिवाना तिराएको राष्ट्र बैंकले जनाएको छ ।

सालपा विकास बैंक

सालपा विकास बैंकलाई भने अनिवार्य मौज्दात कायम नगरेको भन्दै प्रथम पटक ३५३ रुपैयाँ जरिवाना तिराएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले गत वर्ष विभिन्न ५ वटा फाइनान्स कम्पनीलाई कारवाही तथा जरिवाना गरेको छ । नेपाल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र मल्टीपर्पस फाइनान्सलाई विभिन्न शिर्षकमा १८ लाख १४ हजार रुपैयाँ जरिवाना तिराएको राष्ट्र बैंकको भनाइ छ ।

जानकी फाइनान्स

गत वर्ष राष्ट्र बैंकले जानकी फाइनान्सलाई पनि तीन पटकसम्म १३ लाख ७३ हजार रुपैयाँ कारवाही गरेर जरिवाना तिराएको छ । सीडी रेसियो कायम नगरेको भन्दै २०७९ साउनमा प्रथम पटक ६ लाख ५५ हजार १९३ रुपैयाँ, भदौमा दोस्रो पटक ६ लाख ३७ हजार ७९९ रुपैयाँ र असोजमा तेस्रो पटक ८० हजार ९८५ रुपैयाँ जरिवाता तिराएको राष्ट्र बैंकको तथ्याङ्क छ ।

नेपाल फाइनान्स

गत वर्ष राष्ट्र बैंकले नेपाल फाइनान्सलाई तीन पटकसम्म ३ लाख ३४ हजार रुपैयाँ जरिवाना तिराएको छ । सीडी रेसियो सीमाभन्दा बढी पुगेपछि २०७९ साउनमा प्रथम पटक १९ हजार ३३० रुपैयाँ, भदौमा दोस्रो पटक १ लाख ६५ हजार ५८४ रुपैयाँ र असोजमा तेस्रो पटक १ लाख ४९ हजार ३६४ रुपैयाँ जरिवाता तिराएको राष्ट्र बैंकले जनाएको छ ।

समृद्धि फाईनान्स

समृद्धि फाइनान्सलाई सीडी रेसियो कायम नगरेपछि प्रथम पटक भदौमा ८० हजार ७४४ रुपैयाँ जरिवाना तिराएको राष्ट्र बैंकको तथ्याङ्क छ ।

प्रोग्रेशिभ फाइनान्स

प्रोग्रेशिभ फाइनान्सलाई भने अनिवार्य मौज्दात कायम नगरेको भन्दै प्रथम पटक २३ हजार १८८ रुपैयाँ जरिवाना तिराएको थियो ।

मल्टीपर्पस फाइनान्स 

मल्टीपर्पस फाइनान्सलाई भने अनिवार्य नगद मौज्दात अनुपात कायम नगरेको भन्दै प्रथम पटक २ हजार ७०१ रुपैयाँ जरिवाना तिराएको थियो ।

Share News