कामना सेवा र एनएस यूनिसेक्स सलोनबीच मर्चेन्ट सम्झौता

<p>काठमाडौं । कामना सेवा विकास बैंक र एनएस यूनिसेक्स सलोनबीच मर्चेन्ट सम्झौता भएको छ । दुई संस्थाबीच असोज १० गते बुधबार सम्झौता भएको हो । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले रुपन्देही नगरपालिका-०७ देवदहस्थित एनएस यूनिसेक्स सलोनले प्रदान गर्ने सेवामा हेयरकट र हेयर स्ट्रेट सेवामा २० प्रतिशत र अन्य सेवामा १० [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंक र एनएस यूनिसेक्स सलोनबीच मर्चेन्ट सम्झौता भएको छ । दुई संस्थाबीच असोज १० गते बुधबार सम्झौता भएको हो ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले रुपन्देही नगरपालिका-०७ देवदहस्थित एनएस यूनिसेक्स सलोनले प्रदान गर्ने सेवामा हेयरकट र हेयर स्ट्रेट सेवामा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

Share News