शिखरलाई उछिन्दै अघि बढे सलिको र सिद्धार्थ प्रिमियर, एनएलजी र प्रभुबीच टक्कर

<p>काठमाडौं । मर्जरमा गएका निर्जीवन बीमा कम्पनीहरु बिजनेसमा एग्रेसिभ देखिएका छन् । भदौसम्मको तथ्यांकअनुसार मर्जरमा गएका कम्पनीहरुले बीमाशुल्क आर्जन अर्थात प्रिमियम संकलनमा एग्रेसिभ देखिएका हुन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार अधिकांश सूचकमा नम्बर वान स्थानमा रहेको शिखर इन्स्योरेन्सलाई मर्जरमा गएका कम्पनीले उछिनेका छन् । सलिको र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले शिखर इन्स्योरेन्सको पहिलो स्थान खोस्दै प्रिमियम [&hellip;]</p>

काठमाडौं । मर्जरमा गएका निर्जीवन बीमा कम्पनीहरु बिजनेसमा एग्रेसिभ देखिएका छन् । भदौसम्मको तथ्यांकअनुसार मर्जरमा गएका कम्पनीहरुले बीमाशुल्क आर्जन अर्थात प्रिमियम संकलनमा एग्रेसिभ देखिएका हुन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार अधिकांश सूचकमा नम्बर वान स्थानमा रहेको शिखर इन्स्योरेन्सलाई मर्जरमा गएका कम्पनीले उछिनेका छन् । सलिको र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले शिखर इन्स्योरेन्सको पहिलो स्थान खोस्दै प्रिमियम संकलनमा क्रमशः पहिलो र दोश्रो स्थानमा प्रवेश गरेका छन् ।

१४ कम्पनीमध्ये सलिकोले सबैभन्दा बढी प्रिमियम संकलन गरेको छ । भदौ महिनासम्ममा कम्पनीले ९१ करोड ४७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, दोश्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियरले ७३ करोड ४१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जारी बीमालेखमा भने सलिकोलाई सिद्धार्थ प्रिमियरले उछिनेको छ । सिद्धार्थ प्रिमियरले ५० हजार ८६१ वटा बीमालेख जारी गर्दा सलिको ४६ हजार ९५८ वटा बीमा पोलिसी जारी गरेको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्स तेश्रो स्थानमा झरेको छ । इन्स्योरेन्सले समीक्षा अवधिमा ४३ हजार १८६ वटा बीमालेख जारी गरी ६६ करोड २४ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएको छ ।

बीमा क्षेत्रमै पहिलो पटक मर्ज भएको हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६४ करोड २१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यो अवधिमा कम्पनीले ३७ हजार ३८७ वटा बीमा पोलिसी जारी गरेको छ ।

पाँचौं स्थानमा आईजीआई प्रुडेन्सियल र छैटौंमा नेको इन्स्योरेन्स रहेका छन् । भदौसम्ममा आईजीआई प्रुडेन्सियलले ५५ करोड र नेकोले ५२ करोड ६४ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएका छन् । यी दुई कम्पनीले क्रमशः ३६ हजार २६३ वटा र ४५ हजार ३१५ वटा बीमा पोलिसी बिक्री गरेका छन् ।

समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनीले ६ हजार ४८९ वटा बीमा पोलिसी जारी गरी ५१ करोड २९ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

युनाइटेड इन्स्योरेन्सले ३१ हजार ९५९ वटा बीमा पोलिसी बिक्री गरी ४५ करोड ३० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

एनएलजी र प्रभु इन्स्योरेन्सबीच प्रतिस्पर्धा देखिएको छ । एनएलजीले ४२ करोड ८९ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गर्दा प्रभुले ४१ करोड ४३ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । जारी बीमालेखको आधारमा भने एनएलजीभन्दा प्रभु इन्स्योरेन्स धेरै पछाडी छ । एनएलजीले ३१ हजार ५९ वटा बीमालेख जारी गर्दा प्रभुले १५ हजार २८६ वटा पोलिसी बिक्री गरेको छ ।

मर्जरमा गएका सानिमा जिआईसीले समीक्षा अवधिमा २४ हजार ९२ वटा बीमा पोलिसी बिक्री गरी ४१ करोड ४३ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएको छ ।

त्यस्तै, नेशनल इन्स्योरेन्सले ३० करोड ६ लाख र नेपाल इन्स्योरेन्सले २६ करोड ६१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । सबैभन्दा कम बीमाशुल्क नेपाल इन्स्योरेन्सले आर्जन गरेको छ । जारी बीमालेखमा भने नेशनललाई नेपाल इन्स्योरेन्सले उछिनेको छ । दुई महिनामा नेपाल इन्स्योरेन्सले २७ हजार २२ वटा र नेशनले ६ हजार ४८० वटा पोलिसी बीमितहरुलाई बिक्री गरेका छन् ।

समग्रमा निर्जीवन बीमा क्षेत्रबाट ७ अर्ब ८ करोड ४८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन भएको छ । कम्पनीहरुले साउन र भदौमा कूल ४ लाख ८ हजार ९७३ वटा पोलिसी बिक्री गरी सो मात्राको प्रिमियम उठाएका हुन् ।

Share News