विदेशी लगानीका कम्पनीको लाभांश निरन्तर घट्दै, कुन क्षेत्रबाट कति बाहिरियो ?

<p>काठमाडौं । विदेशी लगानीका कम्पनीहरुले प्राप्त गर्ने लाभांश वर्षेनी घट्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विदेशी लगानी रहेका कम्पनीहरुले लिने लाभांश घट्दै गइरहेको तथ्यांकले देखाएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा १५ अर्ब ६७ करोड ५० लाख रुपैयाँ लाभांश लिएका छन् । [&hellip;]</p>

काठमाडौं । विदेशी लगानीका कम्पनीहरुले प्राप्त गर्ने लाभांश वर्षेनी घट्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विदेशी लगानी रहेका कम्पनीहरुले लिने लाभांश घट्दै गइरहेको तथ्यांकले देखाएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा १५ अर्ब ६७ करोड ५० लाख रुपैयाँ लाभांश लिएका छन् । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा २६ अर्ब ७ करोड ६० लाख रुपैयाँ लाभांश लिएको देखिएको हो । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा विदेशी लगानीका कम्पनीले लिने लाभांश ३९.८८ प्रतिशतले घटेको हो ।

यस्तै, आथिृक वर्ष २०७६/७७ मा १२ अर्ब ९० करोड ३० लाख रुपैयाँ लाभांश फिर्ता लिएको देखिन्छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० को लाभांश भने सार्वजनिक गरेको छैन ।

उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा विदेशी लगानीका कम्पनीले कुल कुल १३ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ लाभांश फिर्ता लिएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ११.६८ प्रतिशतले कम हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी लाभांश उत्पादनमुलक उद्योगबाट फिर्ता गएको छ । सो क्षेत्रबाट ७ अर्ब ३१ करोड ५० लाख, सुचना प्रविधि क्षेत्रबाट ५ अर्ब ४० करोड २० लाख, विद्युतीय क्षेत्रबाट १ अर्ब ६७ करोड ८० लाख रुपैयाँ लाभांश बाहिरिएको तथ्यांकले देखाउँछ ।

यस्तै, बैंक, बीमा तथा वित्तीय क्षेत्रबाट अघिल्लो वर्ष १ अर्ब ८ करोड ९० लाख रुपैयाँ लाभांश बाहिरिएको छ ।

कुन क्षेत्रबाट कति लाभांश ?

 

Share News