सेयर कारोबार लगातार तीन दिन बन्द

<p>काठमाडौं । सेयर कारोबार अब लगातार ३ दिन बन्द हुने भएको छ । बजार असोज ११ गतेदेखि असोज १३ गतेसम्म बन्द हुने भएको हो । असोज ११ गते (भोलि) बिहीबार सार्वजनिक बिदा परेसँगै सेयर कारोबार पनि बन्द हुने भएको हो । सरकारले इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हो । त्यस्तै, असोज १२ गते [&hellip;]</p>

काठमाडौं । सेयर कारोबार अब लगातार ३ दिन बन्द हुने भएको छ । बजार असोज ११ गतेदेखि असोज १३ गतेसम्म बन्द हुने भएको हो ।

असोज ११ गते (भोलि) बिहीबार सार्वजनिक बिदा परेसँगै सेयर कारोबार पनि बन्द हुने भएको हो । सरकारले इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हो ।

त्यस्तै, असोज १२ गते र असोज १३ गते शुक्रबार र शनिबार परेको छ । सो दिन सेयर बजार नियमित रुपमा बन्द हुने गरेको छ ।

यससँगै, बजार अब एकैपटक असोज १४ गते आइतबार मात्रै खुल्ने छ ।

Share News