काठमाडौं । बुधबारको बजारमा नेप्से परिसूचक र सेयर कारोबार दुबै घटेको छ । सूचीकृत कम्पनीको सेयर मूल्य मापक नेप्से परिसूचक १८.६० अंकले घटेर २००४.३० बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९१ प्रतिशतले घटी हो ।
२८२ वटा स्क्रीप्सको एक अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २८ करोडले घटी हो । मंगलबारको बजारमा २ अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कारोबारभ भएको थियो ।
बुधबार सबैभन्दा बढी कारोबार गर्नेको सूचीमा सन नेपाल लाइफ इन्स्योरेन्स छ । इन्स्योरेन्सको एकैदिन ७ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो सूचीमा एनआईसी एशिया बैंक, तेश्रोमा रिलायबल नेपाल लाइफ, चौथोमा शिवम् सिमेन्ट र पाँचौंमा नागरिक लगानी कोष रहेका छन् ।
घटेको बजारमा पनि मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । हाइड्रोको सेयर मूल्य ९.९० प्रतिशतले बढेर प्रतिकित्ता २७२ रुपैयाँ पुगेको छ ।
यता लक्ष्मी भ्यालु फण्ड २ को इकाई मूल्य १० प्रतिशत र शुवम् पावरको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ । बुधबार कारोबारमा आएका १३ वटै समूह राताम्मे देखिएका छन् । जसमध्ये निर्जीवन बीमा समूह सबैभन्दा बढी अर्थात १००.६८ अंकले घटेको छ ।