
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा सुचार गर्न चिकित्सकहरुलाई अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेमाथि कारबाही गराउन सरकार पूर्ण प्रतिबद्ध भएको भन्दै स्वास्थ्य उपचार जस्तो संवेदनशील सेवालाई सुचारु राख्न चिकित्सकहरुलाई अनुरोध गरेको हाे ।
साथै, उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई हातपात तथा कुटपिट गरी घाइते बनाएको घट्नाप्रति ध्यानआकर्षण भएको भन्दै मन्त्रालयले खेद प्रकट गरेको छ ।
