वीरगन्जमा अवैधानिक रुपमा ९ वटा कलेज सञ्चालनमा, महानगरले अगाडि बढायो कारबाही प्रकृया

<p>वीरगन्ज । वीरगन्ज महानगरपालिकाले अवैध रूपमा सञ्चालित नौ वटा शैक्षिक संस्थालाई कारबाही गरेको छ । महानगरले अवैध कलेजलाई एक/एक लाख रुपियाँका दरले जरिबाना गरेको छ । महानगरपालिकाको अनुमति नलिई विभिन्न कलेज अवैध रूपमा सञ्चालन हुँदै आएका थिए । महानगर शिक्षा समितिद्वारा गठित संस्थागत विद्यालय नियमन समितिले भदौ १३ देखि गरेको अनुगमनका क्रममा बिनाअनुमति सञ्चालनमा रहेको [&hellip;]</p>

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले अवैध रूपमा सञ्चालित नौ वटा शैक्षिक संस्थालाई कारबाही गरेको छ । महानगरले अवैध कलेजलाई एक/एक लाख रुपियाँका दरले जरिबाना गरेको छ । महानगरपालिकाको अनुमति नलिई विभिन्न कलेज अवैध रूपमा सञ्चालन हुँदै आएका थिए । महानगर शिक्षा समितिद्वारा गठित संस्थागत विद्यालय नियमन समितिले भदौ १३ देखि गरेको अनुगमनका क्रममा बिनाअनुमति सञ्चालनमा रहेको पाइएपछि ती शैक्षिक संस्थालाई जरिबाना गर्नुका साथै कुनै पनि शैक्षिक कार्यव्रmम नगर्न रोक लगाएको र व्यवसाय दर्ता गरेको भए खारेज गर्ने निर्णय भएको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए ।

जरिबानामा परेका शैक्षिक संस्थाहरूमध्ये वीरगन्ज स्कुल अफ ल, युनिभर्सल कलेज, इम्पेरियल कलेज, अन्नपूर्णा पब्लिक कलेज, प्रिन्सटन कलेज, युनिभर्सल प्लस टु कलेज, सत्यम् पब्लिक कलेज, पर्सा म्यानेजमेन्ट कलेज र नेसनल कलेज रहेका छन् । यी सबैलाई जनही एक लाख रुपियाँ जरिबाना गरिएको छ भने बिजीबिज किड्स प्री स्कुललाई ५० हजार रुपियाँ जरिबाना गरिएको छ । यस्तै आफूले लिएको अनुमतिपत्र दोस्रो पक्षलाई दिएर दुरुपयोग गर्ने पिस जोन एकेडमी, ओसिस मावि, ग्रिनल्यान्ड मावि, गेल्डेन वाटिका, ज्ञान निकेतन मावि, न्यु वेभ एकेडेमी, एन्जल इन्टरनेसनल बोर्डिङ स्कुल, मुनलाइट इङ्लिस बोर्डिङ स्कुल र वीरगन्ज सेन्ट्रल स्कुललाई ५० हजार रुपियाँका दरले जरिबाना गरी नसिहतसमेत दिइएको छ ।

शैक्षिक महाशाखा प्रमुख कर्णले सिलबन्दी भएका शैक्षिक संस्थाले तत्काल विधि र प्रव्रिmया अनुसार अनुमति माग गर्न आएमा नियमानुसार अनुमति प्रदान गर्ने प्रक्रियाको थालनी भएकोसमेत बताए । आजको गोरखापत्रबाट ।

Share News