२०८० असोज १० गते १०:०७ विकासन्युज
काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार (भोलि) सार्वजनिक विदा हुने भएको छ ।
सरकारले इन्द्रजात्राको अवसरमा असोज ११ गते, बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ । नेवार समुदायले मनाउने इन्द्रजात्राका लागि भोलि सार्वजनिक विदा दिइएको हो ।
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाइदै आईएको छ । यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्छ ।
जात्राका अवसरमा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.