काठमाडौं । सानिमा हाइड्रोपावरले १० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले विभिन्न प्रस्ताव पारित गर्न आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको हो ।
कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २ गते धुम्बाराही काठमाडौंमा अपरान्ह ४ बजे साधारण सभा बोलाएको हो ।
कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल तथा निर्णय पारित गर्नेछ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असारसम्मको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरूसमेत छलफल गरी पारित गर्नेछ ।
आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । कम्पनीको सभाले एक जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने छ भने सञ्चालक समितिको बैठक भत्ता वृद्धि गर्नेछ ।
कम्पनीको सभाले चन्दा, अनुदानबापतको खर्च रकम अनुमोदन गर्नेछ ।