काठमाडौं । एनआईसी एशिया बैंकको शाखा कार्यालय स्थानान्तरण गरिने भएको छ । बैंकको गोदावरी किटिनी शाखा कार्यालय स्थानान्तरण गरेको हो ।
बैंकका अनुसार गोदावरी नगरपालिका ३ किटिनीमा सञ्चालनमा रहेको शाखा असोज १० गतेदेखि महालक्ष्मी नगरपालिका ४ ललितपुरमा स्थानान्तरण गरिएको हो ।
उक्त शाखा अब महालक्ष्मी शाखाको रुपमा रुपान्तरण भई बैंकिङ्ग कारोबार सञ्चालन हुने बैंकले जनाएको छ ।
अत्यावश्यक जानकारीका लागि महालक्ष्मी शाखाका एक्सपेरियन्स म्यानेजर उमेश कटुवाललाई सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।