अपि पावर कम्पनीको हकप्रद सेयर बाँडफाँट, कतिले पाए ?

<p>काठमाडौं । अपि पावर कम्पनीको हकप्रद सेयर बाँडफाँट गरिएको छ । हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको सेयर असोज ८ गते बाँडफाँट गरिएको हो । कम्पनीको हकप्रद सेयरमा १ लाख १० हजार ५६१ जना आवेदकले १ करोड ५३ लाख ३८ हजार २०३ कित्ता सेयरका लागि आवेदन दिएका थिए । रितपूर्वक आवेदन [&hellip;]</p>

काठमाडौं । अपि पावर कम्पनीको हकप्रद सेयर बाँडफाँट गरिएको छ । हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको सेयर असोज ८ गते बाँडफाँट गरिएको हो ।

कम्पनीको हकप्रद सेयरमा १ लाख १० हजार ५६१ जना आवेदकले १ करोड ५३ लाख ३८ हजार २०३ कित्ता सेयरका लागि आवेदन दिएका थिए । रितपूर्वक आवेदन दिएका सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले गत साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म चुक्ता पूँजीको ४० प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ ०.४० कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँको १ः०.४० को अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो ।

आफ्नो कायम हकभन्दा बढी सेयर माग गरी आवेदन दिएका लगानीकर्ताको रकम असोज १२ गतेदेखि फिर्ता गर्ने कम्पनीले जनाएको छ ।

Share News