सरकार र चिकित्सकबीच सहमति : आक्रमण गर्नेलाई कारबाही गरिने

<p>काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकबीच मंगलबार सहमति भएको छ । पोखराको मणिपाल शिक्षण अस्पताल लगायत विभिन्न स्थानका चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुनअनुसार कारबाही गर्ने सहमति भएको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेमाथि &#8216;स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६&#8217; अनुसार कारबाही गर्ने सहमति भएको हो । मंगलबार गृह मन्त्रालयमा उपप्रधानमन्त्री [&hellip;]</p>

काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकबीच मंगलबार सहमति भएको छ । पोखराको मणिपाल शिक्षण अस्पताल लगायत विभिन्न स्थानका चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुनअनुसार कारबाही गर्ने सहमति भएको हो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेमाथि ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६’ अनुसार कारबाही गर्ने सहमति भएको हो ।

मंगलबार गृह मन्त्रालयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, चिकित्सक संघ लगायतका प्रमुख तथा प्रतिनिधिहरूबीच भएको बैठकले उक्त सहमति गरेको हो ।

Share News