काठमाडौं । पूर्व अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुधारका लागि सरकारलाई दवाव दिन आवश्यक रहेको बताएका छन् । यसको लागि उनले एमाले निकट व्यवसायीलाई सरकालार्य ध्यानाकर्षणभन्दा पनि सडकमा उत्रिएर दबाव दिन आग्रह गरेका छन् ।
नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले अन्तर्किया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘अब ध्यानाकर्षणभन्दा पनि सडकमा उत्रिएर दबाव दिन आवश्यक छ, त्यसमा हाम्रो पूर्ण साथ रहन्छ, तपाईंहरु संगठित भएर मात्रै अगाडि बढ्नुस्,’ पूर्व अर्थमन्त्री पौडेलले भने ।
‘सेयर बजार एमाले आउँदा हरियो, बाहिरिँदा रातो किन हुन्छ ?’ थप बोल्दै उनले भने- ‘एमालेले समस्यालाई पहिचान गरेर समाधान गर्छ । त्यस कारण हामी आउँदा उत्साह हुन्छ र बाहिरिँदा निरासा हुन्छ, त्यसकारण सेयर बजार रातो हुन्छ ।’
समस्याहरुलाई प्राथकिताका आधारमा निर्धारण गरेर सम्बन्धित निकायमा राख्न उनले व्यवसायीलाई आग्रह गरेका छन् ।
‘म अर्थमन्त्री हुँदा अर्थतन्त्रका सूचकहरु सकारात्मक थिए, तर, अहिले नकारात्मक छ, यो सरकारको नेतृत्वमा अर्थतन्त्र सुधार हुन सक्दैन, अर्थतन्त्र सुधारका लागि यो सरकारले कुनै पनि व्यवहारिक तथा नीतिगत व्यवस्था गर्न सक्दैन,’ दावी गर्दै उनले भने ।