‘राष्ट्र बैंकले सेयर बजारमा हस्तक्षेप गर्न मिल्दैन, अब १२ करोडको सीमा तोक्नु हुँदैन’

<p>काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले नेपाल राष्ट्र बैंकले सेयर बजारमा हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले अन्तर्किया कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले सेयरधितोमा १२ करोडको सीमा तोक्नु नहुने बताएका हुन् । &#8216;राष्ट्र बैंकले सेयर बजारमा हस्तक्षेप गर्नु हुँदैन, जोखिम देख्नु हुँदैन, १२ करोडमा [&hellip;]</p>

काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले नेपाल राष्ट्र बैंकले सेयर बजारमा हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले अन्तर्किया कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले सेयरधितोमा १२ करोडको सीमा तोक्नु नहुने बताएका हुन् ।

‘राष्ट्र बैंकले सेयर बजारमा हस्तक्षेप गर्नु हुँदैन, जोखिम देख्नु हुँदैन, १२ करोडमा जोखिम देख्नु हुँदैन, जोखिमभार १५० प्रतिशत राखिराख्नु हुँदैन, बजार बुम भइरहेको बेला जोखिमभार राख्नु हुँदैन, उनले भने ।

बजार बुम भइरहेको बेला जोखिमभार राख्नु नहुने बताउँदै पूर्व अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकले धितोपत्र बोर्डको भूमिका पनि मुल्यांकन गर्नुपर्ने बताए ।

सरकारले कान खोलेर सुन्यो भने अहिलेको समस्या समाधान हुने तर अहिले सरकारले अर्थतन्त्र सुधार गर्न कुनै पहल नगरेको उनको भनाई छ ।

‘निर्यात आधा भइरहेको छ, यसले हाम्रो व्यापार कस्तो छ भन्ने दखाउँछ, अर्थतन्त्र राम्रो छ भनेर सुन्दा सुन्दै कान पाकिसक्यो, जिम्मेवारी पन्छाउने काम सरकारबाट भइरहेको छ,’ खतिवडाले भने ।

प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरले जिम्मेवारीपूर्वक काम गर्न नसकेका उनको भनाई छ ।

Share News