कैलाशले ५ वटा हेलिकप्टर उडाउने, पुँजी वृद्धि गर्न सर्वसाधारणमा सेयर निष्काशन गर्ने

<p>काठमाडौं । कैलाश हेलिकप्टरले थप हेलिकप्टर किन्न पुँजी वृद्धि गर्ने भएको छ । हाल ३ वटा हेलिकप्टर उडान गर्दै आएको यस कम्पनीले थप २ वटा हेलिकप्टर किन्ने योजनासहित पुँजी वृद्धि गर्न लागेको छ । हाल ३० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यो कम्पनीले १० प्रतिशत पुँजी वृद्धि गर्न लागेको छ । १० प्रतिशत सेयर सर्वसाधारणलाई [&hellip;]</p>

काठमाडौं । कैलाश हेलिकप्टरले थप हेलिकप्टर किन्न पुँजी वृद्धि गर्ने भएको छ । हाल ३ वटा हेलिकप्टर उडान गर्दै आएको यस कम्पनीले थप २ वटा हेलिकप्टर किन्ने योजनासहित पुँजी वृद्धि गर्न लागेको छ ।

हाल ३० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यो कम्पनीले १० प्रतिशत पुँजी वृद्धि गर्न लागेको छ । १० प्रतिशत सेयर सर्वसाधारणलाई बेचेर पुँजी वृद्धि गर्न लागेको कम्पनीले जनाएको छ ।

विगतमा प्राइभेट कम्पनीको रुपमा सेवा सञ्चालन गर्दै आएको यो कम्पनीलाई कम्पनी रजिष्ट्रार कार्यालयले असोज ८ गते पब्लिक लिमिटेडमा रुपान्तरित हुन स्वीकृति दिएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

पुँजी वृद्धिसँगै कम्पनीले हेलिकप्टर पनि थप्ने तयारी गरेको कम्पनीका प्रबन्ध सञ्चालक प्रताव जंग पाण्डेले बताए । हाल कम्पनीसँग ३ वटा हेलिकप्टर रहेको छ । दुई वर्षभित्र थप २ हेलिकप्टर किन्ने योजनासहित कम्पनी अगाडि बढेको उनले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ वर्षमा ५ वटा हेलिकप्टर हुनु पर्ने नियम बनाएकोले त्यसको परिपालना गर्दै कम्पनीले पुँजी वृद्धि र हेलिकप्टर थप्ने योजना अगाडि सारेको समेत उनले बताए ।

Share News