कमिसन नबुझाउने निर्माण व्यवसायीको काम हुँदैन : अध्यक्ष सिंह

  २०८० असोज ९ गते १५:३०     विकासन्युज

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कमिसन नबुझाउने निर्माण व्यवसायीको काम नहुने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले अन्तर्किया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘कमिसन नबुझाउने निर्माण व्यवसायीको काम हुँदैन, निर्माण उद्योग चलायमान नहुँदासम्म देश बन्दैन,’ उनले भने ।

त्यस्तै, देश अराजक अवस्थामा रहेको बताउँदै उनले दशैं आउँदै गर्दा पनि भुक्तानी पाउन नसकेको गुनासो पोखेका छन् ।

‘दशैं आइरहेको छ, भुक्तानी पाएनौं, आयोजनाको म्याद थप हुन सकेको छैन,’ अध्यक्ष सिंहले भने ।

उनले सरकारको निर्देशन पालना नगर्ने अधिकारीलाई कारबाही गर्नुपर्ने समेत बताएका छन् । हालको अवस्थामा विश्वमा सफल भएका व्यवसायी र कम्पनीहरु नेपालमा असफल भइरहेका समेत उनले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.