सूचीकृत कम्पनीहरुले असोजभित्रै नवीकरण शुल्क बुझाउनु पर्ने, कसले कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएका कम्पनीहरुले असोज मसान्तभित्र नवीकरण शुल्क बुझाउनु पर्ने भएको छ । मंगलबार एक सूचना जारी गर्दै नेप्सेले सूचीकृत कम्पनीहरुलाई असोज ३० गतेभित्रमा नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो । यससँगै आर्थिक वर्ष २०८०/८१ को वार्षिक नवीकरण शुल्क बुझाउन बाँकी रहेका कम्पनीहरुले सो अवधिभित्र तोकिए बमोजिमको शुल्क बुझाउनु [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएका कम्पनीहरुले असोज मसान्तभित्र नवीकरण शुल्क बुझाउनु पर्ने भएको छ । मंगलबार एक सूचना जारी गर्दै नेप्सेले सूचीकृत कम्पनीहरुलाई असोज ३० गतेभित्रमा नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

यससँगै आर्थिक वर्ष २०८०/८१ को वार्षिक नवीकरण शुल्क बुझाउन बाँकी रहेका कम्पनीहरुले सो अवधिभित्र तोकिए बमोजिमको शुल्क बुझाउनु पर्ने छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को व्यवस्था अनुसार धितोपत्र र डिबेन्चर तथा म्युचुअल फण्डहरुको नवीकरण शुल्क छुट्टाछुट्टै तोकिएको छ । कम्पनीहरुको नवीकरण शुल्क चुक्ता पुँजीको आधारमा तोकिएको छ ।

नेप्सेका अनुसार ५० करोडसम्म चुक्ता पुँजी भएका कम्पनीहरुले वार्षिक ५० हजार रुपैयाँ नवीकरण शुल्क बुझाउनु पर्ने हुन्छ । त्यस्तै, सो भन्दा माथि पुँजी हुनेहरुले वार्षिक एक लाख रुपैयाँ नवीकरण बापत नेप्सेलाई बुझाउनु पर्ने व्यवस्था छ ।

त्यसैगरी, डिबेन्चर तथा म्युचुअल फण्डहरुको पनि चुक्ता पुँजी अनुसार शुल्क तोकिएको छ । ५० करोडसम्म हुनेले २५ हजार र ५० करोडभन्दा माथि चुक्ता पुँजी भएकाले वार्षिक ५० हजार रुपैयाँ नवीकरणको लागि बुझाउनु पर्छ ।

कम्पनीहरुले उक्त रकम अनलाइन मार्फत बुझाउनु पर्ने हुन्छ ।

यस्तो छ रकम बुझाउने विवरण तथा प्रकृया

यदि असोज मसान्तभित्र नवीकरण शुल्क नबुझाएमा कम्पनीहरुलाई नवीकरण शुल्कको वार्षिक १० प्रतिशतको दरले जरिवाना लाग्ने छ । साथै, धितोपत्र सूचीकरण विनियमावलीअनुसार सूचीकरण स्थगित गर्न सकिने समेत नेप्सेले जानकारी गराएको छ ।

Share News