नेपाल टेलिकमको सञ्चालकमा सुवेदी नियुक्त

  २०८० असोज ९ गते १३:५६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको सञ्चालकमा कोशलचन्द्र सुवेदी नियुक्त भएका छन् । असोज ४ गते बसेको सचिवस्तरको निर्णयले सुवेदीलाई टेलिकमको सञ्चालकमा नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक सुवेदीले असोज ८ गते गोपनीयता र इमान्दारीताको शपथ लिएका छन् ।

यसअघि उक्त पदमा सुशील कोइराला थिए ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पत्रानुसार सञ्चालक परिवर्तन भएको हो । नेपाल दूरसञ्चार कम्पनीको नियमावलीमा पनि उक्त मन्त्रालयका सह सचिव कम्पनीको सञ्चालक बन्ने प्रावधान रहेकोले कोइरालाको ठाउँमा सुवेदीलाई नियुक्त गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.