नेपाल लाइफले केन्द्रिय कार्यालयको लागि घरजग्गा किन्दै

  २०८० असोज ९ गते १०:५४     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नै केन्द्रिय कार्यालय भवन निर्माण गर्ने भएको छ । काठमाडौंको लाजिम्पाट, बालुवाटार, पुतलीसडक, विशालनगर, कमलादी, कमलपोखरी, थापाथली, नयाँ बानेश्वर, पुरानो बानेश्वर, दरबारमार्ग, नक्साल, पाटन, गहनापोखरी, टंगाल, महाराजगंज, भाटभटेनी क्षेत्रमा घर तथा जग्गा खरिद गर्ने कम्पनीले जनाएको छ ।

नेपाल बीमा प्राधिकरणबाट जारी भएको निर्देशनको अधिनमा रही केन्द्रिय कार्यालयको लागि घरजग्गा खरिद गर्ने कम्पनीले जनाएको छ ।

घरजग्गा बिक्री गर्न इच्छुक व्यक्ति÷संघसंस्थाले २१ दिनभित्र केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा आवेदन पेश गर्न आग्रह गरेको छ । उक्त घरजग्गा करिब ८ मिटरको मुल सडकसँग जोडिएको हुनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.