पुल्चोक क्याम्पसका लेक्चर बिदा लिएर ९ वर्षदेखि सम्पर्कबिहिन, कारबाही गर्नै गाह्रो

<p>काठमाडौं । ललितपुर पुल्चोक क्याम्पसमा प्राध्यापकहरु बिदा लिने लामो समयसम्म सम्पर्कमा नआउने समस्या बढेको छ । तर, स्थायी रुपमा नियुक्ति भएका र लामो समयदेखि क्याम्पसको सम्पर्कमा नआएका ती प्राध्यापकहरुलाई समयमा नै कारबाही गर्न भने क्याम्पसले सकिरहेको छैन । क्याम्पसका उपप्राध्यापक दिपेस लम्सालले अध्ययनको लाग भनेर ०७१ जेठ ५ गतेदेखि अध्ययनको लागि विदा लिएका थिए । [&hellip;]</p>

काठमाडौं । ललितपुर पुल्चोक क्याम्पसमा प्राध्यापकहरु बिदा लिने लामो समयसम्म सम्पर्कमा नआउने समस्या बढेको छ । तर, स्थायी रुपमा नियुक्ति भएका र लामो समयदेखि क्याम्पसको सम्पर्कमा नआएका ती प्राध्यापकहरुलाई समयमा नै कारबाही गर्न भने क्याम्पसले सकिरहेको छैन ।

क्याम्पसका उपप्राध्यापक दिपेस लम्सालले अध्ययनको लाग भनेर ०७१ जेठ ५ गतेदेखि अध्ययनको लागि विदा लिएका थिए । क्याम्पसका अनुसार त्यसपछि उनले पटक–पटक बिदा थप गरी ०७५ जेठ ७ गते अन्तिमपटक एक वर्षको विदा थप गरेका थिए । सो विदा सकिएको ९० दिनसम्म पनि उनी क्याम्पसमा उपस्थित भएका छैनन् ।

उपप्राध्यापक लम्साल उपस्थित नभएपछि उपस्थित हुन १५ दिने स्पष्टीकरणको सूचना प्रकाशन गरेको र सो सूचना अनुसार पनि उनको स्पष्टीकरण नआएपछि फेरि क्याम्पसले मंगलबार उनलाई स्पष्टीकरण पेस गर्न ३५ दिने सूचना प्रकाशन गरेको छ ।

त्यस्तै, क्याम्पसका सह प्राध्यापक डा. निर्मल पौडेलले ०७२ जेठ २५ गते ३६ दिनको आधा तलबी बिदा भनी माग गरेर बिदामा बसेका थिए । क्याम्पसका अनुसार उनी हालसम्म क्याम्पसमा हाजिर भएका छैनन् । छोटो समय बिदा लिएका उनलाई क्याम्पसमा समयमा उपस्थित नभएपछि १५ दिनभित्र स्पष्टीकरण सोधिएकोमा उनले सो स्पष्टीकरण नबुझाएकाले क्याम्पसले उनलाई पुनः स्पष्टीकरणको लागि ३५ दिने सूचना प्रकाशन गरेको छ ।

Share News