स्वावलम्बन लघुवित्तले कार बेच्दै

  २०८० असोज ९ गते ८:०८     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सवारी साधन बिक्री गर्ने भएको छ । लघुवित्तले आफ्नो स्वामित्वमा रहेको गैर बैंकिङ््ग सम्पत्ति सवारी साधन बिक्री गर्ने भएको हो ।

लघुवित्तका अनुसार टक्सन फोरडब्ल्यूडी कार बिक्रीमा राखिएको हो । लघुवित्तले बिक्री गर्न लागेको उक्त सवारी जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ ।

खरिद गर्न इच्छुक व्यक्तिले लिन चाहेको रकम उल्लेख गरी १५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न लघुवित्तले आग्रह गरेको छ । उक्त सवारी कमलपोखरी काठमाडौंमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.