काठमाडौं । चिरख्वा हाइड्रोपावरको आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरिएको आईपीओ बाँडफाँट गरिएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्गका अनुसार कम्पनीको आईपीओ असोज ८ गतेका दिन बाँडफाँट गरिएको हो ।
कम्पनीले साउन २८ गतेदेखि भदौ २५ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई आईपीओ बिक्री गरेको थियो ।
कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीय बासिन्दालाई बिक्री गरेको थियो ।
सेयर बाँडफाँट सम्बन्धि विवरण बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्गको वेवसाइटबाट हेर्न सकिनेछ । साथै, बाँडफाँटमा नपरेका सेयर वापतको रकम असोज ९ गतेदेखि सम्बन्धित आवेदकले दरखास्त फाराममा उल्लेख गरेको बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ ।