सेयरधितो कर्जामा १२ करोडको सीमा हटाउन गभर्नर तयार हुनुहुन्छ : अध्यक्ष हमाल

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष रमेशकुमार हमालले सेयरधितो कर्जामा १२ करोडको सीमा हटाउन गभर्नर सकारात्मक रहेको बताएका छन् । सोमबार गभर्नर अधिकारी र अध्यक्ष हमालबीच भएको छलफलमा अधिकारीले १२ करोडको सीमा हटाउन सकारात्मक रहेको बताएका हुन् । ‘गभर्नर १२ करोडको सीमा हटाउन तयार देखिनु भएको छ, सीमा हटाउने कि बढाउने भन्ने विषयमा राष्ट्र बैंकको [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष रमेशकुमार हमालले सेयरधितो कर्जामा १२ करोडको सीमा हटाउन गभर्नर सकारात्मक रहेको बताएका छन् । सोमबार गभर्नर अधिकारी र अध्यक्ष हमालबीच भएको छलफलमा अधिकारीले १२ करोडको सीमा हटाउन सकारात्मक रहेको बताएका हुन् ।

‘गभर्नर १२ करोडको सीमा हटाउन तयार देखिनु भएको छ, सीमा हटाउने कि बढाउने भन्ने विषयमा राष्ट्र बैंकको विज्ञ समूहसँग बसेर उहाँले टङु्ग्याउनुहुन्छ,’ हमालले विकासन्युजसँग भने ।

अध्यक्ष हमालले आज भएको भेटमा पूँजी बजारका बारेमा छलफल भएको बताए । पुँजी बजार, भेञ्चर क्यापिटल र प्राइभेट इक्वीटीलगायत अन्य समसामयिक विषयमा छलफल भएको उनको भनाइ छ ।

Share News