२०८० असोज ८ गते १६:५२ विकासन्युज
काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा वाणिज्य बैंकहरुले ८ अर्ब ५२ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले पहिलो महिनामा सो नाफा गरेका हुन् ।
साउनमा सबैभन्दा बढी नाफा गर्ने बैंक ग्लोबल आइएमई बनेको छ । यस बैंकले सबैभन्दा बढी ९९ करोड २० लाख रुपैयाँ नाफा गर्दै नम्बर वान बनेको छ । नबिल बैंकले साउनमा ७५ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको छ ।
बढी नाफा गर्ने बैंकको तेस्रो नम्बरमा नेपाल इनभेष्टमेन्ट मेगा बैंक रहेको छ । यस बैंकले ७४ करोड ६० लाख, ६३ करोड १० लाख, कुमारीले ५७ करोड ७० लाख, राष्ट्रिय वाणिज्य बैंकले ४४ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको छ ।
यस्तै, प्राइम कमर्सियलले ४२ करोड ४० लाख, लक्ष्मी सनराइजले ४१ करोड ५० लाख र एनआईसी एशिया बैंकले ३८ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेको छ । एनआईसी एशिया साउनमा नाफा गर्ने बैंकको नवौं नम्बरमा झरेको छ । यसअघि बैंक उत्कृष्ट चारमा आउँथ्यो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.
Nmb 6Arba38karod 31 lakh ? what is this patrukar ?