काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा दसैं जुत्ता मेला सञ्चालन भइरहेको छ । विभिन्न १० वटा कम्पनीहरुको संयुक्त आयोजनामा मेला सञ्चालन भएको हो ।
दशैंलाई लक्षित गरी भारी छुटको सुविधासहित मेला आयोजना गरिएको आयोजक सबिन कार्कीले जानकारी दिए । मेलामा १० देखि ५० प्रतिशतसम्मको छुटमा जुत्ता चप्पल खरिद गर्न सकिने उनले बताए ।
मेलामा ३० भन्दा बढी ब्राण्डका झण्डै २ हजार मोडलका जुत्ता चप्पल उपलब्ध रहेको छ।
असोज २ गते सुरु भएको दशैं मेला कात्तिक ४ गतेसम्म चल्नेछ । मेलामा शिखर सुज, रन सुज, बाम्बो सुज, सु ल्याण्ड वान वर्ल्ड, भेनस सुज, पिजि सुज, हिमानी सुज, बोस सुज, फुट स्टेपको सहभागिता छ ।
पुरुष, महिला र बालबालिकाका लगायत सबैका लागि उपयुक्त जुत्ता चप्पल मेलामा पाइने उनले बताए ।