पुनर्बीमा कम्पनीको ५० लाख कित्ता सेयर लिलामी, हिमालयन लाइफले हाल्यो टेण्डर

  २०८० असोज ८ गते १०:०८     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको करिव ५० लाख कित्ता सेयर बढाबढ मूल्यमा बिक्रीमा राखिएको छ । पुनर्बीमाको १० लाख कित्ता विशाल ग्रुपले लिलामीमा राखेको छ । त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीले १९ लाख ७९ हजार ४२४ कित्ता सेयर बिक्रीमा राखेको छ ।

प्रभु इन्स्योरेन्सले पनि १९ लाख ७९ हजार ४२४ कित्ता सेयर बिक्री गर्न पुनर्बीमा कम्पनीसँग प्रस्ताव गरेको छ । उक्त प्रस्तावको बारेमा निणर्य गर्न असोज ८ गते सञ्चालक समितिको बैठक बस्ने तय भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले जानकारी दिए ।

नेपाल इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता ३०० रुपैयाँ न्यूनतम मूल्य तोकेर बढाबढ मूल्यमा सेयर बेच्न सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ । यो सेयर किन्नको लागि असोज १० गतेसम्म आवेदन खुला रहेको छ ।

विशाल ग्रुपले भने प्रतिकित्ता ३३५ रुपैयाँ न्यूनतम मूल्य तोकेर बढाबढ मूल्यमा बिक्रीमा राखेको छ । उक्त सेयर खरिदका लागि हिमालयन लाइफ इन्स्योरेन्सले मात्र आवेदन हालेको छ । तर हिमालयनको प्रस्ताव नखोली विशाल ग्रुपले पुनः दोस्रो पटक सूचना प्रकाशित गरेको छ ।

एउटा मात्र आवदेन परेको भन्दै विशाल ग्रुपका तर्फबाट एनआईसी एशिया क्यापिटलले दोस्रो पटक सेयर बिक्रीको लागि दोस्रो पटक सूचना प्रकाशित गरेको छ । सेयर आवेदन गर्नको लागि असोज १४ गतेसम्मको लागि समय दिइएको छ ।

उता प्रभु इन्स्योरेन्सले पनि प्रक्रिया पूरा गरेर सकेसम्म छिट्टै सेयर बिक्रीको सूचना प्रकाशित गर्ने भएको छ । यस कम्पनीले न्यूनतम मूल्य ३४० रुपैयाँको हाराहारीमा राख्ने भएको छ । हाल पुर्नबीमाको सेयर प्रतिकित्ता ६८० रुपैयाँ रहेको छ ।

नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स कम्पनीले पुँजी वृद्धि गर्नको लागि पुनर्बीमाको सेयर बिक्री गर्न लागेका हुन् । त्यसबाट प्राप्त रकमबाट दुबै कम्पनीले आफ्न सेयरधनीलाई बोनस सेयर दिने भएको छ ।

हिमालयन लाइफले बिक्रीमा आएको नेपाल पुनर्बीमाको ४९ लाख ५८ हजार ८४८ कित्ता संस्थापक सेयर किन्ने तयारी गरेको स्रोतले बतायो । सबै सेयर किन्न करिव १ अर्ब ६५ करोड रुपैयाँ लाग्ने अनुमान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.