एभरेष्ट बैंकले बोलायो २९ औं वार्षिक साधारण सभा, २०.५३ प्रतिशत लाभांश पारित गर्ने

<p>काठमाडौं । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले २९ औं वार्षिक साधारण सभा डाकेको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न असोज २९ गते लैनचौर ब्यांक्वेट काठमाडौंमा बिहान ११ बजे साधारण सभा डाकेको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको [&hellip;]</p>

काठमाडौं । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले २९ औं वार्षिक साधारण सभा डाकेको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न असोज २९ गते लैनचौर ब्यांक्वेट काठमाडौंमा बिहान ११ बजे साधारण सभा डाकेको हो ।

बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

बोनस सेयर जारी भएपश्चात् पुँजीवृद्धि हुने भएकोले सोहीबमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति सभाले अनुमोदन गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

Share News