नेपाल पुनर्बीमाबाट बाहिरिँदै विशाल ग्रुप, साढे ३३ करोडको सेयर बिक्रीमा राख्यो

  २०८० असोज ८ गते ८:०१     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीबाट विशाल ग्रुप बाहिरिने भएको छ । विशाल ग्रुपले पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन लागेको हो ।

विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ तोकेको छ । सो मूल्यका आधारमा विशाल ग्रुपले ३३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीको उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज असोज ८ गतेदेखि असोज १४ गतेसम्म निवेदन पेश गर्नु पर्नेछ ।

कम्पनीको सेयर विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले खरिद गर्न सक्ने बताइएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.