१३.१६ प्रतिशत लाभांश बाँड्ने आरविविको घोषणा

<p>काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । मर्चेन्ट बैंकिङ्गको सञ्चालक समितिको असोज २ गते बसेको बैठकले १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.१६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । [&hellip;]</p>

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । मर्चेन्ट बैंकिङ्गको सञ्चालक समितिको असोज २ गते बसेको बैठकले १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

क्यापिटलले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.१६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश पारित गर्न ८औं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । क्यापिटलको वार्षिक साधारण सभा असोज २९ गते राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालय सिंहदरबारप्लाजा काठमाडौंमा साँझको ४ बजे हुनेछ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

आरविवि मर्चेन्ट बैंकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

Share News