लक्ष्मी क्यापिटलको १४ प्रतिशत लाभांश पारित

  २०८० असोज ८ गते ९:१९     विकासन्युज

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटको वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्यापिटलको १५ औं वार्षिक साधारण सभा असोज ७ गते आइतबार सम्पन्न भएको हो ।

लक्ष्मी कम्प्लेक्स हात्तिसार काठमाडौंमा सम्पन्न भएको वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश पनि पारित गरेको छ । क्यापिटलले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले ३ करोड ८२ लाख ६ हजार ८०० रूपैयाँ ९७ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

क्यापिटलको हालको चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेको छ । क्यापिटलको सञ्चालक समितिको भदौ १५ गते बसेको बैठकले लाभांश र साधारण सभा बोलाएको थियो ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गरेको छ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साथै सनराइज क्यापिटलसँग मर्जरमा जाने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.