काठ तस्करीको आरोपमा वडाध्यक्ष चौधरी पक्राउ

<p>कञ्चनपुर । काठ तस्करीको आरोपमा कञ्चनपुरका एक जिम्मेवार जनप्रतिनिधी पक्राउ परेका छन । बेलौरी नगरपालिका ६ का वडाध्यक्ष समेत रहेका एमाले नेता भोजराज चौधरी पक्राउ परेका हुन । वडाध्यक्ष चौधरीलाई भन्सार क्षेत्रमा रुख काटेर तस्करी गरेको आरोप छ । वडाध्यक्ष चौधरीलाई आइतबार महेन्द्रनगर क्षेत्रबाट पक्राउ गरेर वनको हिरासतमा राखिएको छ । बेलौरी नगरपालीकाका एमालेबाट निर्वाचित वडा [&hellip;]</p>

कञ्चनपुर । काठ तस्करीको आरोपमा कञ्चनपुरका एक जिम्मेवार जनप्रतिनिधी पक्राउ परेका छन । बेलौरी नगरपालिका ६ का वडाध्यक्ष समेत रहेका एमाले नेता भोजराज चौधरी पक्राउ परेका हुन । वडाध्यक्ष चौधरीलाई भन्सार क्षेत्रमा रुख काटेर तस्करी गरेको आरोप छ ।
वडाध्यक्ष चौधरीलाई आइतबार महेन्द्रनगर क्षेत्रबाट पक्राउ गरेर वनको हिरासतमा राखिएको छ ।

बेलौरी नगरपालीकाका एमालेबाट निर्वाचित वडा नं ६ का वडा अध्यक्ष भोजराज चौधरी भन्सारको रुख काटेको आरोपमा जिल्ला वन टोलीले पक्राऊ परेको डिभिजन वन कार्यालयका सम्भु प्रसाद कोइरालाले जानकारी दिएका हुन्।

जिल्लाको डिभिजन वन कार्यालय सम्भु प्रसाद कोइरालाका अनुसार उजुरी आएपछि संयुक्त वन टोलीले उनीहरूलाई आईतबार पक्राउ गरेको हो।

उनले भन्सारका ठूला रूखहरु अबैध रुपमा काटेको वन कार्यालयले जनाएको छ । काठसहित उनलाई पक्राउ गरिएको डिभिजन वन कार्यालयका सम्भु प्रसाद कोइरालाका जानकारी दिए । ‘काठ तस्करी भइरहेको उजुरी सूचनाका आधारमा हामीले निगरानी बढाएका थियौँ ।त्यही आधारमा अध्यक्षलाई पक्राउ परेका हौं । अध्यक्षलाई थप अनुसन्धानका लागि वन कार्यालयको हिरासतमा राखिएको उनले बताए ।
उनी गत ०७९ बैशाख ३० मा स्थानीय तह निर्वाचनमा एमाले पार्टी बाट वडा अध्यक्ष निर्वाचित भएका हुन् ।

बेलौरी नगरपालिका उपप्रमुख जोगराज चौधरीले सरसफाई भन्दै आफुलाई समेत भन्सार क्षेत्रमा बोलाएको तर आफुले काठ नकाट् सम्झाई बुझाई गर्दा उल्टै आफुसंग वडाध्यक्ष सहितका स्थानीय रिसाएको बताए ।

‘केही दिन पहिला वडाले बेलौरी भन्सार क्षेत्रमा सरसफाई राखेको थियो, त्यहाँ मलाई पनि बोलाइयो, ‘उनले भने, ‘मैले रुख काट्दा फसिन्छ, भने कसैले मानेन, आज यो गति भोग्नुप¥यो ।’

Share News