एमपीआईएको पुरानै कार्यसमितिले पायो निरन्तरता

<p>काठमाडौं । मोबाइल फोन इम्पोर्टस् एशोसिएसन (एमपीआईए) को पुरानै कार्यसमितिले निरन्तरता पाएको छ । असोज २ गते सम्पन्न संस्थाको साँतौ वार्षिक साधारण सभाले आगामी दुई वर्षको लागि दिपक कुमार मलहोत्राको अध्यक्षतामा ९ सदस्य रहेको कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरेको हो । कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्षमा सञ्जय अग्रवाल, महासचिवमा अमित अग्रवाल, कोषाध्यक्षमा प्रभाकर थापा र अन्य सदस्यहरु [&hellip;]</p>

काठमाडौं । मोबाइल फोन इम्पोर्टस् एशोसिएसन (एमपीआईए) को पुरानै कार्यसमितिले निरन्तरता पाएको छ । असोज २ गते सम्पन्न संस्थाको साँतौ वार्षिक साधारण सभाले आगामी दुई वर्षको लागि दिपक कुमार मलहोत्राको अध्यक्षतामा ९ सदस्य रहेको कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरेको हो ।

कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्षमा सञ्जय अग्रवाल, महासचिवमा अमित अग्रवाल, कोषाध्यक्षमा प्रभाकर थापा र अन्य सदस्यहरु पनि नयाँ कार्यसमितिमा यथावत रहने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ ।

सभामा समितिका महासचिव अमित अग्रवालले आर्थिक वर्ष २०७९/८० मा यस एशोसियसनले वर्षभरि गरेका गतिविधिको जानकारी गराएका थिए । त्यस्तै, कोषाध्यक्ष प्रभाकर थापाले आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Share News