काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरबाट एक लाख बढीको कारोबार गर्दा १० लाख रुपैयाँ पाइने भएको छ । वेस्टर्न युनियनले दशैं, तिहार र छठ पर्वको अवसरमा ल्याएको नयाँ योजना अन्तर्गत उक्त रकम पाइने भएको हो ।
संस्थाले नेपाली चाडपर्वको अवसरमा ग्राहकहरूको खुशी गुणा गर्ने लक्ष्यसहित ‘दशैंमा दश गुणा’ योजना ल्याएको छ । जुन असोज ८ गतेदेखि मंसिर १० गतेसम्म देशभर लागू हुने बताइएको छ ।
वेस्टर्न युनियनका अनुसार यो अभियान अवधिका प्रत्येक कारोबारहरू स्वतः रूपमा साप्ताहिक र बम्पर ड्रको लागि समावेश हुनेछन् । उक्त योजना अन्तर्गत आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकले २५ हजारसम्मको कारोबारमा दुई गुणा र सोभन्दा बढीको कारोबारमा २५ हजार रुपैयाँ पाउने छन् ।
यसका साथै बम्परमा भाग्यशाली ग्राहकले एक लाखसम्मको कारोबारमा दश गुणा प्राप्त गर्नेछन् भने पचास हजारभन्दा कम कारोबारमा निश्चित पुरस्कार पाँच लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ । यदि विजेताको कारोबार एक लाखभन्दा बढी भएमा विजेताले निश्चित पुरस्कार रकम १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यस योजनामा सहभागी हुनका लागि, ग्राहकहरूले नेपालका सबै जिल्लाहरूमा फैलिएका वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाका १५ हजारभन्दा बढी भुक्तानी काउन्टरमध्ये जुनसुकैबाट आफ्नो रेमिटेन्स प्राप्त सक्ने संस्थाले जानकारी गराएको छ ।