आइतबार माछापुच्छ्रे बैंकको सर्वाधिक सेयर कारोबार, यस्तो छ कारण

<p>काठमाडौं । आइतबारको सेयर बजारमा माछापुच्छ्रे बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । कारोबारमा आएका २८५ वटा स्क्रीप्समध्ये माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको हो । बैंकको एकैदिन १३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जबकी आइतबारको बजारमा अन्य कुनै पनि कम्पनीको १० करोडभन्दा माथिको सेयर कारोबार भएको छैन । बढी कित्ता [&hellip;]</p>

काठमाडौं । आइतबारको सेयर बजारमा माछापुच्छ्रे बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । कारोबारमा आएका २८५ वटा स्क्रीप्समध्ये माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको हो ।

बैंकको एकैदिन १३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जबकी आइतबारको बजारमा अन्य कुनै पनि कम्पनीको १० करोडभन्दा माथिको सेयर कारोबार भएको छैन । बढी कित्ता सेयर किनबेच गर्नेको सूचीमा भने बैंक दोश्रो स्थानमा छ । एकैदिन बैंकको ५ लाख ६९३ कित्ता सेयर किनबेच भएको छ ।

बैंकले घोषणा गरेको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएसँगै बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । जसले गर्दा सेयर कारोबार बढी हुन पुगेको जानकारहरु बताउँछन् । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसको लागि बैंकले भोलि अर्थात असोज ८ गते बुक क्लोज गर्दै छ ।

बैंकको सेयर कारोबार बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबारको तुलनामा बैंकको सेयर मूल्य ४.३० रुपैयाँले घटेर प्रतिकित्ता २६३.६० रुपैयाँमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.६१ प्रतिशतले घटी हो ।

त्यस्तै, सर्वाधिक कारोबार गर्नेको दोश्रो सूचीमा सूर्य नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । जसको ९ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

समग्रमा आइतबारको बजारमा २ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन बिहीबारको तुलनामा ९७ करोड रुपैयाँले घटी हो । गत बिहीबारको बजारमा ३ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

कारोबारसँगै सेयर मूल्य मापक नेप्से परिसूचक पनि घटेको छ । दिनभरको कारोबारमा परिसूचक १९.४२ अंकले घटेर २०१०.३५ बिन्दुमा झरेको छ । जुन ०.९५ प्रतिशतले घटी हो ।

आइतबार चार वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतसम्मले बढेको छ । स्वरोजगार लघुवित्त विकास बैंक, हिमालयन लघुवित्त वित्तीय संस्था, एशियन हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले र थ्री स्टार हाइड्रोवारको सेयर मूल्य ९.७३ प्रतिशतले बढेको छ ।

Share News