दुई महिनामा भित्रिए ९ सय ईभी, नाडा अटो शोकाे प्रभाव

<p>काठमाडौं । चालू आर्थिक वर्षको २ महिनाको अबधिमा झन्डै ९ सय विद्युतीय गाडी नेपाल भित्रिएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको साउन र भदौ महिनाको तथ्यांक अनुसार ८ सय ९८ वटा विद्युतीय गाडी नेपाल भित्रिएको हो । तथ्यांक अनुसार ७ सय ८८ वटा गाडी भदौ महिनामा मात्रै नेपाल भित्रिएको छ । गाडी व्यवसायीहरुको छाता [&hellip;]</p>

काठमाडौं । चालू आर्थिक वर्षको २ महिनाको अबधिमा झन्डै ९ सय विद्युतीय गाडी नेपाल भित्रिएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको साउन र भदौ महिनाको तथ्यांक अनुसार ८ सय ९८ वटा विद्युतीय गाडी नेपाल भित्रिएको हो ।

तथ्यांक अनुसार ७ सय ८८ वटा गाडी भदौ महिनामा मात्रै नेपाल भित्रिएको छ । गाडी व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको अटोशो लक्षीत गर्दै उक्त संख्याका गाडीहरु नेपाल भित्रिएका हुन् ।

तीन वर्षपछि आयोजना भएको अटोशोमा उल्लेख्य मात्रामा विद्युतीय गाडी भित्रिएको र पछिल्लो समय बढ्ने व्यवसायीहरुले बताएका छन् ।
तथ्यांक अनुसार दुई महिनाको अबधिमा ५१ देखि १ सय किलोवाटसम्मका गाडीहरु धेरै भित्रिएका छन् । सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत उक्त किलोवाटका गाडी आयातमा छुट दिएपछि आयात बढ्दै आएको हो ।

साउन र भदौमा ५० किलोवाटसम्मका २ सय ५५ वटा, ५१ देखि १०० किलोवाटसम्मका ६ सय ३१, १०१ देखि २०० किलोवाटसम्मका ९ र २०१ देखि ३ सय किलोवाटसम्मका ३ वटा विद्युतीय कार आयात भएको तथ्यांकमा उल्लेख छ ।

दुई महिनामा २ अर्ब ४३ करोड १५ रुपैयाँ मूल्य बराबरका उक्त गाडीको आयात हुँदा सरकारले १ अर्ब १२ करोड ६० लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

Share News