काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत भएको छ । आइतबार मात्रै कोषको २५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
यससँगै नेप्सेमा संस्थाको एक करोड ६ लाख २७ हजार ५ सय कित्ता बोनस सेयर थपिएको छ । यसअघि संस्थाको ५ करोड ३१ लाख ३७ हजार ५०४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै, कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड रुपैयाँ छ ।