बागमती प्रदेशले पनि अगाडि बढायो नयाँ विश्वविद्यालय खोल्ने प्रकृया

  २०८० असोज ७ गते १२:५२     विकासन्युज

काठमाडौं । बागमती प्रदेश सरकारले पनि नयाँ विश्वविद्यालय खोल्ने प्रकृया अगाडि बढाएको छ । आइतबार एक सूचना जारी गर्दै बागमती प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालय, प्रदेश उच्च शिक्षा परिषदको सचिवालयले योग्यता पुगेका क्याम्पस र शैक्षिक संस्थाहरुले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवेदन गर्न सक्ने जनाएको छ ।

प्रदेश उच्च शिक्षा ऐन, २०७८ को दफा ८ र ११ तथा प्रदेश उच्च शिक्षा नियमावली, व२०७९ को नियम व१० बमोजिम विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गर्न सक्ने व्यवस्था बमोजिम नयाँ विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान खोल्ने प्रकृया अगाडि बढाइएको मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।

सूचनाअनुसार आवश्यक पर्ने मापदण्ड तथा पूर्वाधार पुगेका इच्छुक क्याम्पस वा शैक्षिक संस्थाहरुमध्ये स्वास्थ्य, सूचना प्रविधि र कानूनको क्षेत्रमा विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठिान स्थापना गर्न प्रदेश उच्च शिक्षा नियमावली अनुसार एक लाख रुपैयाँ आवेदन शुल्क बुझाएर निवेदन गर्न सकिन्छ ।

मन्त्रालयका प्रवक्ता खुविराम अधिकारीले विश्वविद्यालय स्थापनाको लागि अध्ययन गर्न गठित कार्यदलले देखाएको सम्भावनाका आधारमा प्रदेश सरकारले नयाँ विश्वविद्यालय खोल्ने प्रकृया अगाडि बढाइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.