३७० रुपैयाँमा आशा लघुवित्तको १ लाख ३० हजार कित्ता सेयर बिक्रीमा

<p>काठमाडौं । आशा लघुवित्त वित्तीय संसथाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक समूहको १ लाख ३० हजार कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । लघुवित्तका अनुसार संस्थापक समूहका केही संस्थापक सेयरधनीहरुले उक्त सेयर बिक्री गर्न लागेका हुन् । बैंकको सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकेको छ । इच्छुक जोकोही [&hellip;]</p>

काठमाडौं । आशा लघुवित्त वित्तीय संसथाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक समूहको १ लाख ३० हजार कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ ।

लघुवित्तका अनुसार संस्थापक समूहका केही संस्थापक सेयरधनीहरुले उक्त सेयर बिक्री गर्न लागेका हुन् । बैंकको सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकेको छ । इच्छुक जोकोही लगानीकर्ताले सो मूल्य वा सोभन्दा बढी तोकि निवेदन पेश गर्नु पर्ने लघुवित्तले जनाएको छ ।

लघुवित्तले यसअघि ३५ दिनभित्र संस्थापक सेयरधनीलाई बिक्री गरेको थियो । तर, सो समयमा कसैको पनि आवेदन नपरेपछि सर्वसाधारणलाई पनि बिक्री खुला गरेको हा ।

Share News